सुदूरपश्चिममा खस्यो ३८ प्रतिशत मत

सुदूरपश्चिममा खस्यो ३८ प्रतिशत मत
फाइल तस्बिर

धनगढी : प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो साढे २ बजेसम्म ३८ दशमलव ४ प्रतिशत मत खसेको छ। 

कैलालीको धनगढीस्थित प्रदेशस्तरको निर्वाचन कमाण्ड पोष्टकाअनुसार बिहान ७ बजेदेखि यहाँका सबै मतदान केन्द्रहरुमा मतदान भइरहेको छ। 

प्रदेशका नौ वटै जिल्लामा शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय प्रमुख प्रेमराज भट्टले जानकारी दिए। कर्मचारीका लागि समानुपातिकतर्फ र कारागारका रहेका कैदीबन्दीलाई मतदानका लागि अस्थायी मतदान केन्द्र समेत राखिएको छ।

फागुन २१, २०८२ बिहीबार १५:४३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।