मतदानको गती सुस्त, देशभर ३३ प्रतिशत मात्र मत खस्दा उपत्यकामा ४७ प्रतिशत
काठमाडौं : प्रतिनिधी सभाका लागि बिहीबार भइरहेको निर्वाचनमा मतदानको गती निकै सुस्त देखिएको छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म देशभरि ६२ लाख अर्थात ३३ प्रतिशत मात्र मत खसेको छ।
देशभरका १६५ निर्वाचन क्षेत्रका १०,९६७ मतदान स्थलहरूबाट प्राप्त विवरण अनुसार सबैभन्दा बढी मतदान काठमाडौँ उपत्यकामा ४७ प्रतिशत भएको छ भने सबैभन्दा कम मधेश प्रदेशमा २८ प्रतिशत मात्र मतदान भएको छ। उपत्यकामा रहेका १५ निर्वाचन क्षेत्रका ५२७ मतदान स्थलहरूमा मतदाताहरूको उत्साहजनक उपस्थिति देखिएको छ।
प्रदेशगत मतदानको अवस्था
-उपत्यका: ४७%
-गण्डकी प्रदेश: ३९%
-कर्णाली प्रदेश: ३६%
-बागमती प्रदेश (उपत्यका बाहेक): ३४%-
सुदूरपश्चिम प्रदेश: ३३%
-कोशी प्रदेश: ३२%
-लुम्बिनी प्रदेश: २९%
-मधेश प्रदेश: २८%
निर्वाचन आयोगका अनुसार देशभर मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी छ । मतदाताहरू बिहानैदेखि लाइनमा बसे पनि दिउँसोको समयमा केही स्थानमा मतदानको गति सुस्त देखिएको छ। साँझ ५ बजेसम्म मतदानको समय तोकिएकाले अन्तिम समयसम्म यो प्रतिशत उल्लेख्य रूपमा बढ्ने अनुमान गरिएको छ।
फागुन २१, २०८२ बिहीबार १५:२१:०८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।