मध्यपूर्वमा रहेका आफ्ना नागरिक बचाउन अस्ट्रेलियाको दौडधुप, सैन्य विमान तैनाथ
एजेन्सी : अस्ट्रेलियाले दुई वटा सैन्य विमान तैनाथ गरेर आफ्ना नागरिकहरूको उद्धार कार्य तीव्र पारेको छ।
अमेरिका-इजरायली आक्रमण पछि इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भई क्षेत्रीय युद्ध भड्किएपछि अस्ट्रेलियाले आकस्मिक योजनाको रूपमा मध्य पूर्वबाट आफ्ना नागरिकलाई धमाधम स्वदेश फर्काउन थालेको हो।
एएफपीले अस्ट्रेलियाली अधिकारीहरूलाई उद्धृत गर्दै अस्ट्रेलियाले आफ्ना नागरिकहरूको सुरक्षित निष्कासनको योजनाको अनुरूपमा मध्य पूर्वमा विमान तैनाथ तथा यातायात सुविधा प्रवाह गरेको जनाएको छ। यस हप्ता विभिन्न देशहरूले मध्यपूर्वबाट आफ्ना नागरिकहरूको सुरक्षित निष्कासनमा हतार गरिरहेका छन्।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बनिजलेसमेत बिहीबार संसदमा मध्यपूर्वमा सैन्य विमान तैनाथ गरिएको पुष्टि गर्नु भएको छ। उनले अस्ट्रेलियालीहरूलाई मद्दत गर्न खतरनाक अवस्थामा यो कदम उठाउने अस्ट्रेलियालीहरूलाई धन्यवाद दिएका छन्।
यस अघि बुधवार पहिलो उडान दुबईबाट सिड्नीमा भएको जनाउँदै अस्ट्रेलियाले यस क्षेत्रमा एक लाख १५ हजार नागरिक रहेको बताएको छ। न्युजिल्यान्डले पनि यस क्षेत्रबाट आफ्ना नागरिकहरूको सुरक्षित निष्कासनको लागि बिहीबार मध्यपूर्वमा दुई वटा सैन्य विमान तैनाथीको आदेश दिएको छ।
फागुन २१, २०८२ बिहीबार १४:२२:०९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।