१ बजेसम्म मुगुमा ४३ प्रतिशत मत खस्याे
काठमाडौं : प्रतिनिधिसभा सदस्यका लागि आज जारी मतदानमा मुगु जिल्लामा दिउँसो १ बजेसम्म ४२.९० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ।
जसमा महिला आठ हजार ९७ र पुरुष सात हजार ६०८ गरी कूल १५ हजार ७०५ जनाले मतदान गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
मुगुमा बिहान ७ बजेदेखि सुरु भएको मतदान अहिले पनि जारी छ। मुगुमा कूल ३६ हजार ३१ मतदाता छन्। जिल्लामा मतदानस्थल ६७ र मतदान केन्द्र ६९ रहेका छन्। मुगुमा उम्मेदवार सात रहेका छन् ।
फागुन २१, २०८२ बिहीबार १३:४४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।