बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो, खस्यो ९६ प्रतिशत मत

बागलुङको अस्थायी केन्द्रमा मतदान सकियो, खस्यो ९६ प्रतिशत मत

ढोरपाटन : अस्थायी मतदान केन्द्र बागलुङ कारागारमा ९६.३६ प्रतिशत मत खसेको छ।

जिल्ला कारागारमा कायम रहेका ५५ जना कैदीबन्दीमध्ये ५३ जनाले मतदान गरेका हुन्।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी धिरेन्द्र पन्तका अनुसार दलका प्रतिनिधिसँग छलफलपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका पठाइने छ।

बागलुङमा २३० मतदान केन्द्र र एक लाख ९३ हजार ३८१ जना मतदाता कायम छन्।

फागुन २१, २०८२ बिहीबार १२:५५:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।