प्रतिनिधिसभा निर्वाचन : बैतडीमा २२ हजार र बाजुरामा २४ हजार मत खस्यो
बैतडी : बैतडी र बाजुरामा प्रतिनिधिसभा सदस्य निर्वाचन बिहान ७ बजेदेखि सुरु भई उत्साहजनक रूपमा जारी छ।
बैतडीमा अहिलेसम्म २२ हजार ६३६ मत खसेको जिल्ला निर्वाचन कार्यालय बैतडीका सूचना अधिकारी नरेश दयालले जानकारी दिए।
प्रतिनिधिसभा सदस्यका लागि एउटा मात्र निर्वाचन क्षेत्रमा रहेको यहाँ एक लाख ५६ हजार ३७२ मतदाता छन्। बैतडीमा १२९ मतदानस्थल, एक अस्थायीसहित २१५ मतदान केन्द्र रहेका छन्।
आज बिहानदेखि सुरु भएको मतदान बाजुरामा पनि शान्तिपूर्ण र उत्साहजनक वातावरणमा जारी छ। हालसम्म २४ हजार तीन मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ।
जिल्लामा यहाँका ७७ मतदास्थल र ११८ मतदान केन्द्रमा निर्धारण गरिएको मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले जानकारी दिए।
जिल्ला सुरक्षा समिति बाजुराका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार अहिलेसम्म जिल्लामा शान्तिपूर्ण र मतदाताको सक्रिय सहभागितामा मतदान भइरहेको छ।
फागुन २१, २०८२ बिहीबार १२:५५:३४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।