नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान, भने- ‘संविधानलाई ट्रयाकमा ल्याउन यो निर्वाचन जरुरी थियो’

नेपाली कांग्रेसका सभापति थापाद्वारा मतदान, भने- ‘संविधानलाई ट्रयाकमा ल्याउन यो निर्वाचन जरुरी थियो’

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काठमाडौंको मैतीदेवी मन्दिर मयुर कुण्ड मतदान केन्द्रबाट मतदान गरेका छन्।

मतदानपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस निर्वाचनले दिने ‘म्यानडेट’ ले आगामी पाँच वर्षमा देश सञ्चालनको मार्गचित्र बनाउने बताए।

‘संविधान लिकभन्दा बाहिर गइसकेपछि  लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने भय थियो। त्यसैले यो निर्वाचन संविधानलाई ट्रयाकमा ल्याउन अनिवार्य थियो,’ उनले भने, ‘निर्वाचन हुने नहुने द्विविधाकाबीच देशभर शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ।’

नेपाली कांग्रेसले सभापति थापालाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको छ। सभापति थापा सर्लाही निर्वाचन क्षेत्र नं ४ बाट उम्मेदवार छन्।

फागुन २१, २०८२ बिहीबार ०९:५५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।