प्रधानमन्त्री कार्कीद्वारा मतदान

प्रधानमन्त्री कार्कीद्वारा मतदान

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं क्षेत्र नं ५ स्थित धापासी निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी छन्।

मतदानपश्चात् सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै निर्वाचन उत्साहपूर्वक भइरहेकामा आफू खुसी भएको बताइन्।

उनले आफ्नो कर्तव्य पूरा गर्ने चरणमा रहेको बताउँदै भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु।’

फागुन २१, २०८२ बिहीबार ०९:०९:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।