सेनाले भन्यो : निष्पक्ष र भयरहित निर्वाचनका लागि काम गरिरहेका छौँ
काठमाडौं : नेपाली सेनाले एकीकृत सुरक्षा योजना अनुसार निर्वाचनलाई निष्पक्ष र भयरहित रूपमा सम्पन्न गराउन एकीकृत र समन्वयात्मक ढङ्गले काम गरिरहेको बताएको छ। निर्वाचन सुरक्षामा खटिने सेनाको भूमिकाबारे शंका बढिरहेको बेलामा उसले विज्ञप्ति मार्फत गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका गरेर काम गरिरहेको उल्लेख गरेको हो।
बुधवार निर्वाचनको अन्तिम तयारीबारे जानकारी दिन निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा निर्वाचनको सुरक्षामा खटिने सेनाको भूमिका अनि सेनाको हेलिकप्टरबाट ओसारिने मतपेटिकाको सुरक्षाबारे गम्भीर प्रश्न उठेपछि आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सेना मतदान बाहिरको सुरक्षामा मात्र खटिने र मतपेटिका कुनै हालतमा नसाटिने दाबी गरेका थिए।
यो पनि
बुधवार सेनाले विज्ञप्ति जारी गर्दै निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न सेनाले काम गरिरहेको उल्लेख गरेको हो।
‘आसन्न निर्वाचनलाई सुरक्षित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेनाले आफ्नो गैर–राजनीतिक चरित्रलाई कायम राख्दै सरोकारवाला सबै निकायहरूसँग आवश्यक समन्वय र सहकार्यका साथ कार्य गरिरहेको स्पष्ट पार्न चाहन्छौँ,’ सेनाले विज्ञप्तिमा भनेको छ।
फागुन २०, २०८२ बुधबार १८:२४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।