नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीकाे मृत्यु

नयाँबानेश्वरमा टिपरको ठक्करबाट सरकारी कर्मचारीकाे मृत्यु

काठमाडौं : काठमाडौंको नयाँबानेश्वरमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

सुनसरीको इनरुवा नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको लोकन्थली बस्ने ४८ वर्षका बद्रि कोइरालाकाे मृत्यु भएकाे काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए। उनी नायब सुब्बा पदका कर्मचारी भएको खुलेको एसपी भट्टराईले जानकारी दिए।

प्रदेश ३–००१ ब. ९४५ नम्बरको सरकारी नम्बरको स्कुटरमा सवार कोइरालालाई बिजुलीबजारतर्फबाट तिनकुनेतर्फ जाँदै गरेको बा. २ क ३२२९ नम्बरको टिपरले सिभिल अस्पताल अगाडि आज बिहान ८:४५ बजे ठक्कर दिएको थियो। फोहोर बोक्ने सो टिपरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सिभिल अस्पताल लगिएको थियो।

उनलाई बिहान ८:५५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। 

टिपर र  गोर्खा भूमिचोक स्थायी घर भई पेप्सीकोला बस्ने २६ वर्षीय टिपर चालक विकास थापा मगरलाई नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ।

फागुन १९, २०८२ मंगलबार १०:५५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।