अमेरिका–इजरायल आक्रमण : इरानमा मृत्यु हुनेकाे संख्या ५५५ पुग्यो

अमेरिका–इजरायल आक्रमण : इरानमा मृत्यु हुनेकाे संख्या ५५५ पुग्यो

एजेन्सी : अमेरिका र इजरायलले इरानमाथि गरेको संयुक्त हवाई आक्रमणमा मृत्यु हुनेको संख्या कम्तीमा ५५५ पुगेको इरानी रेड क्रिसेन्ट सोसाइटीले जनाएको छ। देशभरका १३१ जिल्लामा आक्रमण भएको बताइएको छ।

इरानका विभिन्न क्षेत्रमा सोमबार पनि तीव्र आक्रमण जारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

दक्षिणी फार्स प्रान्तमा मात्रै सोमबार बिहान ३५ जनाको मृत्यु भएको र राजधानी तेहरानस्थित निलोफर स्क्वायर क्षेत्रमा भएको अर्को आक्रमणमा २० भन्दा बढी व्यक्तिको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

यसैबीच, केर्मानशाहस्थित अन्तर्राष्ट्रिय विमानस्थल नजिक धुवाँको ठूलो मुस्लो उठेको दृश्य सार्वजनिक भएको राेयटर्सले जनाएकाे छ।

पछिल्ला आक्रमणले केवल सैन्य संरचनामा मात्र नभई नागरिक भवनहरूमा समेत ठूलो क्षति पुगेको बताएका छन्। केही भवन पूर्ण रूपमा ध्वस्त भएको र नागरिक हताहती बढ्दै गएकोमा चिन्ता व्यक्त गरिएको छ।

शनिबार मिनाबमा रहेको एक बालिका विद्यालयमा भएको आक्रमणमा मृत्यु हुनेको संख्या बढेर १८० पुगेको इरानी अधिकारीहरूले बताएका छन्।

फागुन १८, २०८२ सोमबार १७:३०:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।