बालेनलाई गोली हानियो भनेर भ्रम फैलाउने पक्राउ, पाँच दिन हिरासतमै रहने

बालेनलाई गोली हानियो भनेर भ्रम फैलाउने पक्राउ, पाँच दिन हिरासतमै रहने

काठमाडौं : झापामा बालेन शाहमाथि गोली प्रहार भयो भन्दै सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा कञ्चनपुरका २३ वर्षीय प्रकाश भट्ट पक्राउ परेका छन्। आइतबार उनले सामाजिक सञ्जालमा झापामा बालेनलाई गोली हानिएको भनेर लेखेका थिए।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का २३ वर्षीय प्रकाश काठमाडौंको डबली चोकबाट पक्राउ परेका हुन्। निर्वाचनमा प्रतिकुल प्रभाव पार्ने नियतले गलत विवरण सामाजिक सञ्जालमा राखेर भ्रम फैलाएको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धानका लागि ५ दिनको म्याद लिएको छ।

फागुन १७, २०८२ आइतबार १९:३१:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।