आइतबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

आइतबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने

काठमाडाैं : अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लामा आइतबार राति १२ बजेदेखि सीमा नाका बन्द हुने भएका छन्। 

फागुन २१ गते बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गराउने उद्देश्यले अन्तर्राष्ट्रिय सीमाना जोडिएका जिल्लाहरूमा सीमा नाका बन्द गर्न लागिएको हो।

निर्वाचन सुरक्षा निर्देशिकामा निर्वाचन हुनुभन्दा ७२ घण्टा अगाडि सीमानाका बन्द गर्नुपर्ने प्रावधान छ। सोही प्रावधानअनुसार सीमानाका बन्द गर्न आयोगले सिफारिस गरेको छ।

सिमानाका बन्दसम्बन्धी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आयोगले आग्रह समेत गरेको छ।

फागुन १७, २०८२ आइतबार १८:२२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।