पोखराको सिर्जना चोकमा रहेको एनसेल सेन्टर पुनःसञ्चालनमा

पोखराको सिर्जना चोकमा रहेको एनसेल सेन्टर पुनःसञ्चालनमा

काठमाडौं : पोखराको सिर्जना चोकस्थित जेनजी आन्दोलनको बेला भएको तोडफोडका कारण बन्द रहेको एनसेल सेन्टर बिहीबारदेखि पुनःसञ्चालनमा आएको छ। आवश्यक मर्मतसम्भार पश्चात् एनसेल सेन्टर सञ्चालनमा ल्याइएको हो।

एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका मानव संशाधन अधिकृत यमप्रसाद गौतमले संयुक्त रूपमा सेन्टरको उद्घाटन गरे। सेन्टर बन्द रहँदा कम्पनीले सोही भवनको माथिल्लो तल्लाबाट अस्थायी सेवा दिँदै आएको थियो।

यस सेन्टरबाट ग्राहकले सिम खरिद, ई-सिम तथा फोरजी अपग्रेड, रोमिङ, बिल भुक्तानी र इन्टरनेट सेटिङसहितका सम्पूर्ण सेवा प्राप्त गर्न सक्नेछन्। एनसेलले हाल देशभर ३१ वटा सेन्टरमार्फत सेवा प्रदान गरिरहेको जनाएको छ।

फागुन १५, २०८२ शुक्रबार १९:०८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।