प्रत्यक्षतर्फ नै ७० सिट जित्ने प्रचण्डको दाबी

प्रत्यक्षतर्फ नै ७० सिट जित्ने प्रचण्डको दाबी

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफ्नो दल पहिलो हुने दाबी गरेका छन्। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधवार वाम बुद्धिजीवीसँगको छलफलमा उनले प्रत्यक्षतर्फ पार्टीले ६५ देखि ७० सिटसम्म जित्ने दाबी गरे।

निर्वाचनको मितिसम्म पुग्दा नेकपाले अझै बढी मेहनत गरेमा नतिजा झनै राम्रो आउन सक्ने सम्भावना रहेको उनले दाबी गरे। दाहालले पार्टीका चुनावी कार्यक्रम जनतालाई बुझाउन जरुरी रहेको बताए। पार्टीका पक्षमा जनमत सिर्जना गर्न बुद्धिजीवीहरूले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले प्रतिबद्धता पत्र हरेक वडामा पुर्याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

फागुन १३, २०८२ बुधबार २३:३६:०२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।