निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौं : सरकारले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले फागुन २०, २१ र २२ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
निर्वाचन आयोगले मतदान प्रक्रियामा मतदाताको अधिकतम र उत्साहजनक सहभागिता सुनिश्चित गर्न तथा निर्वाचन व्यवस्थापनलाई सहज बनाउन सरकारसमक्ष तीन दिन बिदाका लागि सिफारिस गरेको थियो।
आयोगको सोही सिफारिसको आधारमा सरकारले निर्वाचनको अघिल्लो दिन, निर्वाचनको दिन र त्यसको भोलिपल्ट बिदा दिने निर्णय गरेको हो। प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते देशभर मतदान हुँदैछ।
फागुन १२, २०८२ मंगलबार १५:४६:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।