भारतमा चार वर्षदेखि बन्धक बनाइएकी नेपाली किशोरीको उद्धार
काठमाडौं : भारतमा चार वर्षदेखि बन्धक बनाइएकी नेपाली किशोरीको उद्धार गरिएको छ। हिमाञ्चल प्रदेशस्थित कोटखाईमा विगत चार वर्षदेखि बन्धक बनाइएकी रुकुम (पश्चिम) की एक किशोरीको सकुशल उद्धार गरिएको हाे।
नयाँदिल्लीस्थित नेपाली दूतावासमा परेको निवेदनका आधारमा किशोरीको खोजी सुरु गरिएको थियो। किन इन्डिया, बाल कल्याण समिति र हिमाञ्चल प्रहरीको टिमले किशोरीलाई उद्धार गरेकाे हाे।
किन इन्डियाका कार्यकारी निर्देशक नवीन जोशीले दुई महिनाको प्रयासपछि ती किशोरीलाई सकुशल उद्धार गरिएको बताए।
उनलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर दिल्ली ल्याउने तयारी भइरहेको छ।
फागुन १२, २०८२ मंगलबार १३:२६:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।