सुनको मूल्य १३ सयले बढ्दा चाँदी भने घट्यो
काठमाडाैं : नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ भने चाँदी घटेको छ।
सोमबार ताेलामा तीन हजार दुई सय रूपैयाँ बढेको सुनको मूल्य आज एक हजार तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार आठ सय रूपैयाँ पुगेको छ।
सोमबार सुन प्रतितोला तीन लाख १३ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, मंगलबार चाँदीको मूल्य भने घटेको छ। मंगलबार चाँदी १० रूपैयाँले घटेर पाँच हजार पाँच सय ८५ रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार चाँदी तोलामा पाँच हजार पाँच सय ९५ रूपैयाँमा कारोबार भएकाे थियाे।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ७० अमेरिकी डलरमा कारोबार भइरहेको छ।
फागुन १२, २०८२ मंगलबार ११:४३:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।