राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्रीको जोड: 'सबै निकायबीच सहकार्य अनिवार्य'

राजस्व चुहावट नियन्त्रणमा अर्थमन्त्रीको जोड: 'सबै निकायबीच सहकार्य अनिवार्य'

काठमाडौं : अर्थमन्त्री रामेश्वर खनालले राजस्व चुहावट नियन्त्रणलाई थप प्रभावकारी बनाउन सरोकार भएका निकायहरूले आपसी समन्वय र सहकार्य गर्दै एकीकृत रूपमा कार्य गर्नुपर्नेमा जोड दिएका छन्।

प्रहरी प्रधान कार्यालयमा सोमबार केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले राजस्व चुहावट नियन्त्रणमा प्रणालीगत सुधारका लागि गरिएका प्रयासलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्दै लैजानुपर्ने बताए। 

अर्थमन्त्री खनालले राज्यका सबै निकायले आफ्नो क्षेत्राधिकारअनुसार राजश्व चुहावट नियन्त्रण र राजश्व वृद्धिमा भूमिका खेल्न आग्रह गरे।

फागुन ११, २०८२ सोमबार २१:५९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।