चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आग्रह

चुनावी प्रचारमा बालबालिकाको प्रयोग नगर्न आयोगको आग्रह

काठमाडौं : निर्वाचन आयोगले आसन्न निर्वाचनका क्रममा कुनै पनि राजनीतिक दल वा उम्मेदवारलाई चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग नगर्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै बालबालिकाको प्रयोग नगर्न आग्रह गरेका हुन् । 

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (ट) मा निर्वाचन प्रचारप्रसार, आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने व्यवस्था छ। 

“निर्वाचन आचारसंहिताको उल्लंघन गरे आयोगले एक लाख रुपैयाँसम्म जरिवाना गर्न वा उमेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था समेत रहेको छ,” विज्ञप्तिमा भनिएको छ।

फागुन ११, २०८२ सोमबार १८:३०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।