टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा ट्राफिक प्रहरीको मृत्यु

धनुषा : धनुषामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिला ट्राफिक प्रहरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुर उपमहानगरपालिका-४, मुरलीचोकमा आज भएको सवारी दुर्घटनामा मोटरसाइकल चालक ट्राफिक प्रहरी हवल्दार चन्द्रकला महतोको मृत्यु भएको हो।

महतो जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीमा कार्यरत थिइन्।

भ्रमरपुराचोकबाट मुरलीचोकतर्फ आउँदै गरेको प्रदेश २-०३-००१ प ०१०४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २-०२-००२ प ७३५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख सूर्यबहादुर शाहीले जानकारी दिए।

महतोको शव परीक्षणका लागि प्रादेशिक अस्पताल, जनकपुर पठाइएको छ।

टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

फागुन ११, २०८२ सोमबार १७:५६:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।