दुर्गा प्रसाईंको मुद्दामा निर्वाचन आयोगको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

दुर्गा प्रसाईंको मुद्दामा निर्वाचन आयोगको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोगको निर्णयसहितको सक्कल फाइल झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय डा. नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासले सोमबार निर्वाचन आयोगले गत फागुन ४ गते जिल्ला प्रहरी परिसर काठमाडौंलाई पठाएको पत्रको सक्कल फाइल महान्यायाधिवक्ताको कार्यालयमार्फत झिकाउन आदेश दिएको हो।

यसअघि प्रहरीले निर्वाचन आयोगबाट अनुसन्धानका लागि पत्र आएकोले प्रसाईंलाई पक्राउ गरिएको भनेको थियो। आयोगले प्रहरीलाई पत्राचार गरेको पत्रको ‘फाइल’ सर्वोच्चले प्राप्त गरेपछि प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटको अन्तिम टुंगो लाग्नेछ।

'राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान' का अभियन्ता समेत रहेका प्रसाईंलाई पछिल्लो पटक फागुन २१ मा हुन लागेको निर्वाचन बिथोल्न लागेको आशंकामा पक्राउ परेका थिए। 

फागुन ११, २०८२ सोमबार १६:२५:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।