नेप्सेमा झिनो सुधार, कारोबार रकम ५ अर्बमा सीमित

नेप्सेमा झिनो सुधार, कारोबार रकम ५ अर्बमा सीमित

काठमाडाैं : साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा सामान्य सुधार देखिएको छ।

पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर ओरालो लागेको बजार यस दिन भने २.४१ अंकले बढेकाे छ। आजको कारोबारपछि नेप्से २६ सय १६ दशमलव ९७ विन्दुमा पुगेको छ।

नेप्से सामान्य बढे पनि आज कारोबार रकम भने घटेको छ। दिनभरमा ३२९ कम्पनीको १ करोड २६ लाख २१ हजार १८८ कित्ता सेयर खरिदबिक्रि हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार रूपैयाँ कारोबार भयो।

आइतबार ३२४ वटा कम्पनीका १ करोड ५९ लाख कित्ता शेयर ६ अर्ब ६९ करोड ९७ लाख रुपैयाँमा किनबेच भएको थियो ।

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढ्दा ७ उपसमूहको परिसूचक घटेको छ। बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा तथा अन्य उपसमूहमा सामान्य सुधार देखिएको छ। 

आज  ११३ कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ४० वटाको घटेको छ। ९ कम्पनीको सेयरको मूल्य भने स्थिर रहेको छ। 

फागुन ११, २०८२ सोमबार १५:३९:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।