भक्तपुरमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन

भक्तपुरमा कजारिया रमेश टाइल्सको नयाँ शोरूम सञ्चालन

भक्तपुर : कजारिया रमेश टाइल्स लिमिटेडले भक्तपुरको सल्लाघारीमा आफ्नो नयाँ र विशेष शोरूम सञ्चालनमा ल्याएको छ।

पीएनएस ट्रेडर्स एण्ड सप्लायर्सद्वारा सञ्चालित यो शोरूम फाल्गुन ९ गतेदेखि सर्वसाधारणका लागि खुला गरिएको हो। मिस नेपाल वर्ल्ड २०२४, आश्मा केसीको विशेष उपस्थितिमा शोरूमको भव्य उद्घाटन गरियो।

कजारियाका प्रतिनिधिहरूले उद्घाटन समारोहमा बोल्दै कम्पनीको गुणस्तर र नेपाली बजारप्रतिको प्रतिबद्धता दोहोर्याए।

‘यो नयाँ शोरूममार्फत हामी ग्राहकहरूलाई अझ नजिकबाट सेवा प्रदान गर्न र नेपालको निर्माण तथा इन्टेरियर डिजाइनको बढ्दो बजारलाई अत्याधुनिक उत्पादनहरूमार्फत सुदृढ गर्न उत्साहित छौं’, कम्पनीका प्रतिनिधिले बताए।

नयाँ शोरूममा कजारियाका विभिन्न प्रिमियम टाइलहरू प्रदर्शनीमा राखिएका छन्। यसले ग्राहकहरूलाई आफ्ना आवश्यकताअनुसारका डिजाइन र गुणस्तरका टाइलहरू छनौट गर्न सजिलो बनाउने विश्वास लिइएको छ। 

कजारिया रमेश टाइल्स लिमिटेडले नेपालमै देशकै सबैभन्दा ठूलो टाइल उत्पादन उद्योग स्थापना गरी अन्तर्राष्ट्रिय गुणस्तरका ३,००० भन्दा बढी डिजाइनका टाइलहरू उत्पादन गर्दै आएको छ।

हाल नेपालभर १०० भन्दा बढी शोरूमहरूको सञ्जाल विस्तार गरिसकेको यस कम्पनीले ग्लेज्ड भिट्रिफाइड, हेभी ड्युटी र सेरामिक वाल टाइल जस्ता पानी तथा दाग प्रतिरोधी र बलियो उत्पादनहरू बजारमा ल्याएको छ।

फागुन ११, २०८२ सोमबार १४:०४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।