एसजे मोटो र हिमालयन जाभाको काठमाडौं आउटलेट नयाँ स्वरूपमा सञ्चालन
काठमाडौं : पोखराको सफल प्रयोगपछि 'एसजे मोटो' र 'हिमालयन जाभा' ले काठमाडौंमा रहेको आफ्नो संयुक्त आउटलेटलाई नयाँ र फराकिलो स्वरूपमा पुनः सञ्चालनमा ल्याएका छन्।
सन् २०२१ मा स्थापना भएको यस आउटलेटलाई पूर्ण रूपमा नयाँ सजावटसहित स्तरोन्नति गरिएको हो। यसको मुख्य उद्देश्य मोटरसाइकल पारखी र कफी प्रेमीहरूलाई एउटै छानामुनि भेला हुने उत्कृष्ट 'लाइफस्टाइल डेस्टिनेसन' प्रदान गर्नु रहेको छ।
एसजे मोटोका संस्थापक सौरभ ज्योतिले पोखरामा जस्तै काठमाडौंमा पनि बाइकर र कफी प्रेमीहरूको बढ्दो समुदायलाई लक्षित गरी आउटलेटलाई थप आकर्षक र सुविधायुक्त बनाइएको बताए।
राइडरहरू भेटघाट गर्न, लामो यात्राअघि रिफ्रेस हुन र प्रिमियम कफीको मज्जा लिनका लागि तयार पारिएको यो आउटलेट अब सर्वसाधारणका लागि खुला गरिएको छ।
फागुन ११, २०८२ सोमबार १३:२०:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।