ताेलामा ३२ सय रुपैयाँ बढ्यो सुनको मूल्य

ताेलामा ३२ सय रुपैयाँ बढ्यो सुनको मूल्य

काठमाडौं :नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। 

आइतबार प्रतितोला पाँच हजार ६ सय रूपैयाँ बढेकाे सुनकाे मूल्य आज ३ हजार २ सय रुपैयाँ बढेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ३ लाख १३ हजार ५ सय रुपैयाँ कायम भएको छ। आइतबार सुन प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा १७० रुपैयाँले बढेर ५ हजार ५९५ रुपैयाँ कायम भएको छ। आइतबार चाँदी प्रतितोला ५ हजार ४ सय २५ रुपैयाँमा कारोवार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ६१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फागुन ११, २०८२ सोमबार ११:२२:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।