सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक गम्भीर घाइते

सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक  गम्भीर घाइते

नवलपरासी : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोटमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। 

आज बिहान गैँडाकोट नगरपालिका-७ जानकी ग्यास अगाडि पूर्व-पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटनामा परेकाे हाे। दुर्घटनामा परी देवचुली नगरपालिका-११ बस्ने १८ वर्षीय बिजेन पुलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी उपरीक्षक युवराज खड्काले बताए। 

कावासोती नगरपालिका-१७ बस्ने १७ वर्षको राज विक गम्भीर घाइते भएका छन्।

गैँडाकोटबाट रजहर तर्फ जाँदै गरेको ना ६३ प ९३९० नं को मोटरसाइकल डिभाइडरमा ठक्कर खाइ पल्टिएकाे थियाे। सुनौलीबाट काठमाडौँ तर्फ आउँदै गरेको लु २ ख ४४६१ नं को बसले सोही मोटरसाइकललाई ठक्कर दिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

 दुर्घटनामा परी मोटरसाइकल चालक र पछाडि सवार दुवै जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको थियो। उपचारको क्रममा मोटरसाइकल चालक बिजेन पुलामीलाई चिकित्सकले मृत घोषण गरेका हुन्। अर्का घाइतेको उपचार भइरहेको छ । 

फागुन ११, २०८२ सोमबार १०:२९:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।