सिटिजन लाइफद्वारा ७० जना लिडर सम्मानित, पोखरामा तीन दिने प्रशिक्षण सम्पन्न

सिटिजन लाइफद्वारा ७० जना लिडर सम्मानित, पोखरामा तीन दिने प्रशिक्षण सम्पन्न

पोखरा : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले 'MDRT २०२६' (मिलियन डलर राउण्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न गरेको छ। होटल पोखरा ग्रान्डीमा फागुन ५ देखि ७ गतेसम्म सञ्चालित कार्यक्रममा ७० जना उत्कृष्ट सिटिजन लिडरहरूलाई सम्मान गरिएको थियो।

सम्मानित हुनेहरूमा ६७ जना MDRT, २ जना COT (कोर्ट अफ द टेबल) र १ जना TOT (टप अफ द टेबल) क्वालिफायर रहेका छन्। कार्यक्रममा सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरूको समेत सहभागिता थियो।

तीन दिने कार्यक्रममा प्रख्यात सेल्स कोच तथा उत्प्रेरक वक्ता डा. रबिन कटवालले ‘द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ’ विषयमा सहभागीलाई विशेष प्रशिक्षण प्रदान गर्नुभएको थियो। यस्तै, कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले सहभागीहरूलाई सम्बोधन गर्दै अवार्ड प्रदान गरेका थिए।

समापन समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) पोषक राज पौडेलले लिडरहरूको समर्पण र उत्कृष्ट कार्यसम्पादन नै कम्पनीको प्रगतिको आधार रहेको बताए। उनले यस्ता कार्यक्रमले लिडरहरूको क्षमता अभिवृद्धि र व्यवसाय विस्तारमा थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरे।

फागुन १०, २०८२ आइतबार १८:४९:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।