टाटा कमर्सियल गाडीका लागि ‘होली सर्भिस क्याम्प’मा ५० प्रतिशतसम्म छुट

टाटा कमर्सियल गाडीका लागि ‘होली सर्भिस क्याम्प’मा ५० प्रतिशतसम्म छुट

काठमाडौं : टाटा कमर्सियल गाडीको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले होली पर्वलाई लक्षित गरी ‘होली सर्भिस क्याम्प’ सुरु गरेको छ। फागुन १० देखि १५ गतेसम्म चल्ने यो क्याम्प सिप्रदीका देशभर रहेका २० वटा सर्भिस सेन्टरमा सञ्चालन हुनेछ।

पर्वको समयमा सवारी साधनको चाप बढ्ने र सुरक्षित यात्रा सुनिश्चित गर्ने उद्देश्यले आयोजित यस क्याम्पमा गाडीका १० मुख्य पक्षहरूको प्राविधिक परीक्षण गरिनेछ। जसमा ब्रेक, इन्जिन, कुलिंग, टायर, इलेक्ट्रिकल, स्टेरिङ र सस्पेन्सन लगायतका प्रणालीको अवस्था जाँच गरिने कम्पनीले जनाएको छ।

क्याम्प अवधिभर मर्मत सम्भार गर्दा टाटा जेन्यूइन पार्ट्समा १५ देखि २० प्रतिशत, ल्युब्रिकेन्टमा २२ प्रतिशत र लेबर चार्जमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। साथै, सर्भिस प्याकेजमा दर्ता हुने ग्राहकले यो सुविधा एक वर्षसम्म उपभोग गर्न पाउनेछन्।

प्रि-सर्भिस बुकिङ गरी वर्कशप आउने ग्राहकहरूमध्ये तीन जनालाई स्मार्टफोन प्रदान गर्ने योजना समेत रहेको छ। कम्पनीले यस अवधिमा दुई हजारभन्दा बढी गाडीहरूको प्राविधिक चेकअप गर्ने लक्ष्य लिएको छ।

फागुन १०, २०८२ आइतबार १८:४३:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।