एनसेल प्याक खरिद गर्दा फुडमान्डुमा १५० रुपैयाँ छुट

एनसेल प्याक खरिद गर्दा फुडमान्डुमा १५० रुपैयाँ छुट

काठमाडौं : एनसेल र फुडमान्डुबीच ग्राहकलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले व्यावसायिक साझेदारी भएको छ। साझेदारी अनुसार एनसेलका ग्राहकले निश्चित प्याकहरूको खरिदमा फुडमान्डुमार्फत खाना अर्डर गर्दा १५० रुपैयाँ छुट प्राप्त गर्नेछन्।

फागुन ५ गतेदेखि लागू भएको यस योजनामा ९९ रुपैयाँ वा सोभन्दा बढी मूल्यको डेटा, भ्वाइस वा कम्बो प्याक खरिद गर्ने ग्राहकले १५० रुपैयाँको छुट कुपन प्राप्त गर्नेछन्। उक्त कुपन फुडमान्डुमार्फत न्यूनतम १ हजार रुपैयाँको अर्डर गर्दा प्रयोग गर्न सकिने एनसेलले जनाएको छ।

ग्राहकले एनसेल एप वा आधिकारिक विक्रेतामार्फत प्याक खरिद गरेपछि एसएमएसमार्फत कुपन कोड प्राप्त गर्नेछन्। यो कुपन जारी भएको मितिले २८ दिनसम्म मान्य रहनेछ। यद्यपि, एनसेलको रिन्यूवल प्याक, सापटी र गिफ्ट प्याक खरिद गर्ने ग्राहकका हकमा भने यो अफर लागू हुने छैन।

साझेदारीबारे बोल्दै एनसेलका चीफ कन्सुमर बिजनेश अफिसर उपङ्ग दत्तले दूरसञ्चार सेवालाई ग्राहकको जीवनशैलीसँग जोड्दै थप लाभ प्रदान गर्न यो सहकार्य गरिएको बताए। यो नेपालको दूरसञ्चार क्षेत्रमा सम्भवतः यस प्रकारको पहिलो सहकार्य भएको कम्पनीको दाबी छ।

फुडमान्डुले हाल काठमाडौं उपत्यकासहित पोखरा, चितवन र बुटवलमा आफ्नो सेवा प्रदान गर्दै आएको छ। यी क्षेत्रका एनसेल प्रयोगकर्ताहरूले अफरबाट प्रत्यक्ष लाभ लिन सक्ने कम्पनीले जनाएको छ। 

फागुन ७, २०८२ बिहीबार १८:०६:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।