तीनपटक सांसद बनेका पूर्वमन्त्री रामवीर मानन्धर एमालेबाट कांग्रेस प्रवेश

तीनपटक सांसद बनेका पूर्वमन्त्री रामवीर मानन्धर एमालेबाट कांग्रेस  प्रवेश

काठमाडाैं : एमाले नेता तथा पूर्वमन्त्री रामवीर मानन्धर नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। बिहीबार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा कांग्रेस सभापति गगन थापाले उनलाई पार्टीमा स्वागत गर्दै क्रियाशील सदस्यता प्रदान गरे।

काठमाडौँ-७ बाट तीन पटक सांसद निर्वाचित मानन्धर एमालेभित्र लामो समयदेखि प्रभावशाली नेताका रूपमा चिनिन्थे। तर, पछिल्लो समय भने उनी निष्क्रिय रहेका थिए।

उनीसँगै एमालेका पूर्व केन्द्रीय सदस्य तथा रसुवाका पूर्व जिल्ला अध्यक्ष जनार्दन ढकाल पनि कांग्रेस प्रवेश गरेका छन्।  ढकाल संविधानसभा सदस्य समेत बनेका थिए। 

यसैगरी उनीसँगै कांग्रेस प्रवेश गर्नेमा नेकपाका केन्द्रीय सदस्य दीपक केसी, र काठमाडौं-५ का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारका आकांक्षी डा. प्रणयशम्शेर राणा रहेका छन् ।

फागुन ७, २०८२ बिहीबार १८:०५:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।