टाटा पन्च.इभीमा ७० प्रतिशत 'रिसेल भ्यालु' ग्यारेन्टी
काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले पन्च.इभी खरिद गर्ने ग्राहकका लागि ७० प्रतिशत 'रिसेल' मूल्य सुनिश्चित गर्ने योजना सार्वजनिक गरेको छ।
यो योजना फेब्रुअरी महिनाभर खरिद गरिने पन्च.इभीमा मात्र लागू हुने कम्पनीले जनाएको छ। यस योजनाअनुसार उक्त अवधिमा गाडी खरिद गर्ने ग्राहकले भविष्यमा सोही गाडी साटेर टाटाकै अर्को कुनै गाडी लिँदा ७० प्रतिशत मूल्य फिर्ता (बाई-ब्याक) पाउने ग्यारेन्टी गरिएको छ।
विद्युतीय सवारी साधनको भविष्यको बजार मूल्यप्रति ग्राहकलाई विश्वस्त बनाउन र उचित मूल्यांकन सुनिश्चित गर्न यो सुविधा ल्याइएको सिप्रदीको भनाइ छ। नेपाली सडक अनुकूल प्रविधि र विशेषताका कारण बजारमा पन्च.इभीको लोकप्रियता बढ्दै गएको र यस योजनाले ग्राहकको आर्थिक सुरक्षामा सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ।
यस स्किमसम्बन्धी थप विस्तृत जानकारी नेपालभर रहेका टाटा मोटर्सका शोरुमहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।
फागुन ७, २०८२ बिहीबार १७:३९:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।