काठमाडौं उपत्यकामा चार हजार तीन सवारी दुर्घटना, १३२ जनाको मृत्यु

काठमाडौं उपत्यकामा चार हजार तीन  सवारी दुर्घटना,  १३२ जनाको मृत्यु

काठमाडौं  : काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले चालू आर्थिक वर्षमा सवारी दुर्घटनामा परी एक सय ३२ जनाको मृत्यु भएको जनाएको छ।

चालू आर्थिक वर्षको माघ महिनासम्म भएका चार हजार तीन दुर्घटनामा एक सय ३२ जनाको मृत्यु भएको हाे। 

दुर्घटनामा परेका सवारी साधनमध्ये अधिकांशमा चालकको लापरवाही देखिएको काठमाडौं उपत्यका ट्रफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

उनले सवारी दुर्घटनालाई न्यूनिकरण गर्न सवारी चेकजाँचलाई बढाइएको बताए। आफुहरुको ध्यान राजस्व संकलन गर्ने नभइ जीवन रक्षामा केन्द्रीत रहेका बताए ।

फागुन ७, २०८२ बिहीबार १७:२०:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।