पाकिस्तानको आवासीय भवनमा विस्फोट : ६ जनाको मृत्यु, १२ घाइते

पाकिस्तानको आवासीय भवनमा विस्फोट : ६ जनाको मृत्यु, १२ घाइते

एजेन्सी : पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराचीको आवासीय भवनमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्।

सरकारी उद्धार कार्यालयले एक विज्ञप्ति जारि गर्दै भवनको पहिलो तलामा भएको विस्फोटले भवनको आंशिक भाग क्षतिग्रस्त हुँदा दुर्घटना भएको जनाएको छ।

विस्फोटको सूचना पाए पछि उद्धार टोलीहरू तुरुन्तै घटनास्थलमा पुगेको उल्लेख गर्दै उद्धारकर्ताहरूले खोजी अभियानका लागि सबै उपलब्ध स्रोतहरू प्रयोग गरेर पीडितहरूलाई भग्नावशेषबाट बाहिर निकालेको अधिकारीले बताएका छन्।

प्रारम्भिक अनुसन्धानले सिलिन्डर ग्यासबाट ग्याँस चुहावटका कारण विस्फोट भएको अनुमान गरेको प्रहरीले जनाएको छ।

बालबालिकासहित घाइतेहरूलाई उपचारका लागि नजिकैको अस्पतालमा लगिएको जनाउँदै उद्धार टोलीहरूले भग्नावशेष मुनि कोही पनि फसेको छैन भनेर सुनिश्चित गर्न उत्खनन प्रयास जारी राखेको जनाएका छन् ।

फागुन ७, २०८२ बिहीबार १६:१९:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।