एकैदिन ४३ सय रूपैयाँले महंगियो सुन, चाँदीमा तोलाको १८० रूपैयाँ बढ्यो

एकैदिन ४३ सय रूपैयाँले महंगियो सुन, चाँदीमा तोलाको १८० रूपैयाँ बढ्यो

काठमाडाैं : नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनको मूल्य आज बिहीबार भने बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा चार हजार तीन सय रुपैयाँले बढेर प्रतितोला तीन लाख चार हजार सात सय रूपैयाँ पुगेको छ। 

बुधबार सुन प्रतितोला तीन लाख चार सय रूपैयाँमा कारोबार भएको थियो। 

यस्तै, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदी एक सय ८० रुपैयाँले बढेर पाँच हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।  बुधबार चाँदी तोलामा चारजार आठ सय ८० रूपैयाँमा किनबेच भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार नौ सय ८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

फागुन ७, २०८२ बिहीबार ११:२३:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।