भोजपुरमा सेनाको बस दुर्घटना, ८ घाइतेलाई हेलिकप्टरबाट रेस्क्यु

भोजपुरमा सेनाको बस दुर्घटना, ८ घाइतेलाई हेलिकप्टरबाट रेस्क्यु

भोजपुर : निर्वाचन सुरक्षाका लागि भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिकातर्फ जाँदै गरेको नेपाली सेनाको टोली चढेको बस दुर्घटनामा परेको छ।

नयाँ श्रीनाथ गण भोजपुरबाट जाँदै गरेको ना ४ ख ७३१७ नम्बरको बस भोजपुर नगरपालिका-३, सेतीबगर नजिकै दुर्घटनामा परेको हो। बसमा २४ जना सेना र चालकसहित २६ जना थिए।

दुर्घटनामा परी २४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए। उनका अनुसार बस सडक नजिकैको घुम्तीबाट तल खसेको छ। 

दुर्घटनामा परी गम्भीर घाइते ८ जनालाई सेनाको दुई वटा हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको नेपाली सेनाले जनाएको छ। दुर्घटनामा परी घाइते भएका अन्यको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ। 

फागुन ६, २०८२ बुधबार १९:४१:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।