सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य तोलामा १५ सय रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौं : नेपाली बजारमा बुधबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको हो।

महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो।

त्यसैगरी, आज प्रति १० ग्राम सुनको मूल्य २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ।

प्रति १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८४ रुपैयाँ कायम भएको महासंघले जनाएको छ। अघिल्लो दिन १० ग्राम चाँदीको मूल्य ४ हजार १ सय ८८ रुपैयाँ थियो।

फागुन ६, २०८२ बुधबार ११:३३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।