वाई-फाई नेपालको ‘स्टुडेन्ट अफर’ : १२ महिनाको इन्टरनेट लिँदा ६ महिना बोनस
काठमाडौं : फाइबर इन्टरनेट सेवा प्रदायक ‘वाई-फाई नेपाल’ले विद्यार्थीहरूलाई लक्षित गर्दै विशेष ‘स्टुडेन्ट अफर’ सार्वजनिक गरेको छ।
विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा सहजता प्रदान गर्ने उद्देश्यले यो सहुलियत योजना ल्याइएको हो।
यस अफर अन्तर्गत विद्यार्थी ग्राहकले ७० एमबीपीएस गतिको इन्टरनेट सेवा १२ महिनाका लागि भ्याटसहित मात्र ८ हजार ३५० रुपैयाँमा प्राप्त गर्न सक्नेछन्।
साथै, यस प्याकेजमा थप ६ महिनाको बोनस इन्टरनेट सुविधा उपलब्ध गराइनेछ, जसले गर्दा विद्यार्थीले कुल १८ महिना इन्टरनेट चलाउन पाउनेछन्।
यस योजनासँगै कम्पनीले ‘नोकिया ५जी ड्युल ब्यान्ड राउटर’ पनि निःशुल्क उपलब्ध गराएको छ। सीमित अवधिका लागि ल्याइएको यो अफर प्राप्त गर्न विद्यार्थी परिचयपत्र अनिवार्य हुनुपर्ने कम्पनीले जनाएको छ।
थप जानकारीका लागि ग्राहकले कम्पनीको वेबसाइट वा फोन नम्बर ०१-५९७०७८९ मा सम्पर्क गर्न सक्नेछन्।
फागुन ५, २०८२ मंगलबार ०८:५८:४१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।