जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका सात कैदी पक्राउ

जेनजी आन्दोलनमा काठमाडौँबाट भागेका सात कैदी पक्राउ

काठमाडाें : जेनजी आन्दोलनको क्रममा काठमाडौंका विभिन्न कारागारबाट भागेका सात जना कैदीबन्दी पक्राउ परेका छन्। 

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा फरार भएका उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रसुवाको उत्तरगयाका ४१ वर्षीय तेन्जिङबहादुर तामाङ, लमजुङको दूधपोखरीका २० वर्षीय प्रितम गुरुङ, कञ्चनपुरको पुनर्वासका २३ वर्षीया बविता तामाङ रहेका परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

त्यस्तै, काभ्रेपलाञ्चोकको ठाँटीपोखरीका २२ वर्षीय विक्रम नेपाली, दोलखाको मेलुङका भुवन तामाङ, सिन्धुलीको फिक्कलका भुवन तामाङ र भारतीय नागरिक रोशन साह पक्राउ परेका हुन्।

विभिन्न मुद्दामा कैद जीवन बिताइरहेका सातै जनालाई सम्बन्धित कारागारमा पठाइएको परिसरले जनाएको छ।

फागुन ४, २०८२ सोमबार १४:०२:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।