तामाकोशीमा डुबेको बसका तीन यात्रु अझैँ बेपत्ता, खोज्न गोताखोर परिचालन

तामाकोशीमा डुबेको बसका तीन यात्रु अझैँ बेपत्ता, खोज्न गोताखोर परिचालन

मन्थली : मङ्गलवार रामेछापमा भएको बस दुर्घटनामा परी बेपत्ता भएकामध्ये अझै तीन जनाको अवस्था अज्ञात छ। मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गाका लागि छुटेको बा प्र ००१-०५ख ९९७५ नम्बरको अरनिको यातायात सेवा प्रालिको बस मन्थली नगरपालिका–६, स्थित त्रिवेणी पुल नजिकको सडकबाट करिब सय मिटर तल तामाकोशी नदीमा खसेको थियो।

दुर्घटनामा १२ जनाको घटनास्थलै मृत्यु भएको थियो भने आठ जना घाइते र तीन जना बेपत्ता भएका थिए। सो दुर्घटनामा रामेछाप जिल्ला मन्थली नगरपालिका–२ पिप्लेका ९ वर्षीय वक्रिचन तामाङ, लिखु तामाकोसी गाउँपालिका–७ तिल्पुङका वर्ष ८ का रोनिश तामाङ र उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरका वर्ष २४ का विशाल सुनुवार बेपत्ता छन्।

उनीहरूको खोजीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले बस दुर्घटनास्थल तामाकोशी र सुनकोशी नदीका विभिन्न क्षेत्रमा खोजी गरिरहेको जनाइएको छ।

फागुन ३, २०८२ आइतबार २२:००:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।