डिशहोम इन्टरनेटको ‘भ्यालेन्टाइन डे’ अफर : २०० र ३०० एमबिपिएसमा ‘फोरके स्ट्रिमर’ निःशुल्क, १ महिना बोनस
काठमाडौं : डिशहोम इन्टरनेटले प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसर पारेर आफ्ना ग्राहकहरूका लागि 'भ्यालेन्टाइन डे स्पेसल अफर' सार्वजनिक गरेको छ।
कम्पनीले ल्याएको यो विशेष योजना अन्तर्गत २०० एमबिपिएस र ३०० एमबिपिएस इन्टरनेटको १ वर्षको नयाँ जडान वा नवीकरण गर्ने ग्राहकहरूलाई आकर्षक उपहारको व्यवस्था गरिएको छ।
यो योजनामा सहभागी हुने प्रत्येक नयाँ तथा नवीकरण गर्ने ग्राहकलाई कम्पनीले 'फोरके स्ट्रिमर' निःशुल्क उपलब्ध गराउने जनाएको छ।
यसका साथै, कम्पनीले १००, २०० र ३०० एमबिपिएसको नियमित वार्षिक रिचार्ज गर्ने ग्राहकहरूलाई पनि थप सुविधा प्रदान गरेको छ। वार्षिक रिचार्ज गर्ने ग्राहकहरूले थप १ महिनाको इन्टरनेट सेवा बोनस स्वरूप निःशुल्क प्राप्त गर्नेछन्।
ग्राहकहरूको माग र उत्सवको अवसरलाई ध्यानमा राख्दै डिशहोमले यो विशेष अफर बजारमा ल्याएको हो।
फागुन २, २०८२ शनिबार १४:१८:४५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।