ह्युन्डाईको टेस्ट ड्राइभ योजना : भाग्यशाली विजेताले प्रत्यक्ष विश्वकप हेर्न पाउने

ह्युन्डाईको टेस्ट ड्राइभ योजना : भाग्यशाली विजेताले प्रत्यक्ष विश्वकप हेर्न पाउने

काठमाडौं : ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘ह्युन्डाई x फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ’ अभियान सुरु गरेको छ।

अप्रिल २०२६ सम्म चल्ने यस योजना अन्तर्गत नेपालभर रहेका ह्युन्डाईका कुनै पनि शोरुममा पुगी गाडी टेस्ट ड्राइभ गर्ने ग्राहकहरूमध्येबाट भाग्यशाली विजेता छनोट गरिनेछ।

विजेताले आफ्ना एक सहयोगीसहित विश्वकप आयोजक राष्ट्रहरू- अमेरिका, क्यानडा वा मेक्सिको पुगेर प्रत्यक्ष खेल हेर्ने अवसर प्राप्त गर्नेछन्।

यस अभियान अवधिभर गाडी बुकिङ गर्ने ग्राहकहरूका लागि कम्पनीले विशेष लाभ र सुविधाहरू समेत उपलब्ध गराएको छ। ह्युन्डाई फिफा विश्वकप २०२६ को आधिकारिक विश्वव्यापी साझेदार समेत हो।

फागुन २, २०८२ शनिबार १२:१९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।