ह्युन्डाईको टेस्ट ड्राइभ अभियान सुरु, विजेतालाई विश्वकप हेर्ने अवसर
काठमाडौं : ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘ह्युन्डाई' फिफा विश्वकप २०२६ टेस्ट ड्राइभ अभियान’ सुरु गरेको छ।
फिफा विश्वकप २०२६ सँग ह्युन्डाईको विश्वव्यापी साझेदारीको अवसरमा यो योजना ल्याइएको हो। यस अभियान अन्तर्गत नेपालभरका कुनै पनि ह्युन्डाई शोरुममा गई गाडीको टेस्ट ड्राइभ गर्नेहरूमध्येबाट भाग्यशाली विजेता छनोट गरिनेछ।
विजेताले आफ्ना एक जना साथीसहित सन् २०२६ को विश्वकप आयोजक राष्ट्रहरू (अमेरिका, क्यानडा वा मेक्सिको) मध्ये कुनै एकमा पुगेर प्रत्यक्ष खेल हेर्ने अवसर पाउनेछन्।
यो योजना सन् २०२६ को अप्रिलसम्म सञ्चालन हुनेछ। टेस्ट ड्राइभका साथै यस अवधिमा गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीले विशेष सुविधाहरू समेत उपलब्ध गराएको जनाएको छ।
फागुन १, २०८२ शुक्रबार १७:१८:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।