टेलिटकसँगको साझेदारीमा पोकोको तीन नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक
काठमाडौं : विश्वप्रसिद्ध स्मार्टफोन ब्रान्ड पोको तीन वर्षपछि नेपाली बजारमा औपचारिक रूपमा फर्किएको छ।
टेलिटक प्राइभेट लिमिटेडसँगको साझेदारीमा पोकोले आफ्ना तीनवटा अत्याधुनिक स्मार्टफोनहरू पोको एक्स७ प्रो फाइभजी, पोको एफ७ फाइभजी र पोको एफ८ प्रो फाइभजी सार्वजनिक गरेको हो।
पोको एफ८ प्रो फाइभजी (फ्ल्यागशिप): यस फोनमा स्न्यापड्रागन ८ एलिट प्रोसेसर, ६.५९ इन्चको एमोलिड डिस्प्ले, ६२१० मिलिएम्पिएर ब्याट्री र १०० वाटको फास्ट चार्जिङ सुविधा छ। यसमो मूल्य ९९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
पोको एफ७ फाइभजी: यस फोनमा स्न्यापड्रागन ८एस जेन ४ प्रोसेसर, ६.८३ इन्चको डिस्प्ले र ६५०० मिलिएम्पिएरको शक्तिशाली ब्याट्री रहेको छ। यसको मूल्य ६९ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
पोको एफ७ फाइभजी: यस फोनमा मिडियाटेक डाइमेन्सिटी ८४०० अल्ट्रा चिपसेट, ६.६७ इन्चको डिस्प्ले र ६००० मिलिएम्पिएर ब्याट्री सुविधा छ। यसको मूल्य ५५ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ।
यी तीनै स्मार्टफोनहरू आईपी६८ रेटिङका साथ उपलब्ध छन्, जसले पानी र धुलोबाट सुरक्षा प्रदान गर्छ।
१२ जीबी र्याम र ५१२ जीबी आन्तरिक भण्डारण क्षमता भएका यी फोनहरूमा १ वर्षको वारेन्टी र ९ महिनासम्मको ईएमआई सुविधासमेत उपलब्ध छ।
टेलिटकका कार्यकारी निर्देशक प्रतिक जालानले पोकोको पुनरागमनले नेपाली गेमिङ र मल्टिटास्किङ प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्ने विश्वास व्यक्त गरे।
नयाँ स्मार्टफोनहरू देशभरका आधिकारिक शोरूम र आउटलेटहरूमा उपलब्ध छन्।
फागुन १, २०८२ शुक्रबार १४:००:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।