एन आई सी एशिया बैंकले ल्यायो ६.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘साथी घर कर्जा’ योजना

एन आई सी एशिया बैंकले ल्यायो ६.९९ प्रतिशतको स्थिर ब्याजदरमा ‘साथी घर कर्जा’ योजना

काठमाडौं : एन आई सी एशिया बैंकले ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै ‘एन आई सी एशिया साथी घर कर्जा’ योजना सार्वजनिक गरेको छ।

यस योजना अन्तर्गत ग्राहकले वार्षिक ६.९९ प्रतिशत स्थिर ब्याजदरमा ७ वर्षका लागि घर कर्जा प्राप्त गर्न सक्नेछन्।

न्यूनतम २५ लाखदेखि अधिकतम १० करोड रुपैयाँसम्म २४ वर्षका लागि ऋण लिन पाइने छ। ऋणले घर वा अपार्टमेन्ट खरिद, निर्माण, पुनःनिर्माण र घडेरी खरिद गर्न सकिने बैंकले जनाएको छ।

बैंकका अनुसार पहिलो पटक घर बनाउने वा किन्नेका लागि धितो मूल्यको ८० प्रतिशत र अन्यको हकमा ७० प्रतिशतसम्म कर्जा उपलब्ध हुने तथा घर कर्जा लिने ग्राहकले ‘लाइफ टाइम’ निःशुल्क क्रेडिट कार्ड प्राप्त गर्नेछन्।

सहज प्रक्रिया र सस्तो ब्याजदरमार्फत ग्राहकको आफ्नै घर बनाउने सपना साकार पार्न यो योजना ल्याएको बैंकले जनाएको छ।

फागुन १, २०८२ शुक्रबार १३:४२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।