तीन हजारले घट्यो सुनको मूल्य, चाँदी पनि सस्तियो
काठमाडौं : नेपाली बजारमा आज शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्यमा पनि ३४० रुपैयाँको गिरावट देखिएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको माग र डलरको मजबुतीमा आएको उतारचढावका कारण स्थानीय बजारमा यसको प्रत्यक्ष असर देखिएको महासंघले जनाएको छ।
हिजो बिहीबार सुनको मूल्यमा सामान्य गिरावट आएको भए तापनि आजको यो गिरावटले सुन खरिद गर्ने उपभोक्ताहरूलाई ठूलो राहत दिएको छ।
विशेष गरी पछिल्लो समय ३ लाख माथि पुगेको सुनको भाउ आज ३ हजारले घट्दा बजारमा केही चहलपहल बढ्ने व्यवसायीहरूको अपेक्षा छ।
फागुन १, २०८२ शुक्रबार ११:४४:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।