सामान्य घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

सामान्य घट्यो सुनको मूल्य, चाँदी भने बढ्यो

काठमाडाैं : नेपाली बजारमा आज सुनकाे मूल्य सामान्य घटेकाे छ भने चाँदी बढेको छ। 

गत आइतबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्य आज भने सामान्य घटेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला तीन लाख छ हजार पाँच सय कायम भएकाे छ। बिहीबार सुन तोलामा एक सय रुपैँया घटेकाे हाे। 

बुधबार छापावाल सुन प्रतितोला  तीन लाख छ हजार छ सयमा काराेबार भएकाे थियाे।  

यस्तै, चाँदीको मूल्य भने ५० रुपैँयाले बढेर  आज चाँदी ताेलामा पाँच हजार तीन सय ४० मा काराेबार भइरहेकाे छ। 

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

माघ २९, २०८२ बिहीबार ११:२३:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।