पाकिस्तानी बलर उस्मान तारिकको बलिङ एक्सनमाथि प्रश्न, भारतविरुद्धको खेल खेल्न परीक्षण पास गर्नुपर्ने

पाकिस्तानी बलर उस्मान तारिकको बलिङ एक्सनमाथि प्रश्न, भारतविरुद्धको खेल खेल्न परीक्षण पास गर्नुपर्ने

एजेन्सी : अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले पाकिस्तानी क्रिकेटर उस्मान तारिकको बलिङ एक्सनलाई शंकास्पद ठहर गरेको छ।

मंगलबार राति अमेरिकाविरुद्धङ्को खेलका क्रममा म्याच रेफ्रीले उनको बलिङ शैलीमाथि प्रश्न उठाएका हुन्।

आईसीसीले जारी गरेको मिडिया विज्ञप्ति अनुसार, तारिकलाई आफ्नो बलिङ एक्सनको परीक्षणका लागि बिहीबार दुबईस्थित ‘आईसीसी सेन्टर अफ एक्सिलेन्स’ मा बोलाइएको छ।

परीक्षणका क्रममा तारिकको बलिङ एक्सनलाई विभिन्न प्राविधिक मापदण्ड अन्तर्गत जाँच गरिनेछ। साथै, आईसीसीको मेडिकल टिमले उनले प्रयोग गर्ने दुवै हातको ‘एल्बो ब्यान्ड’को पनि निरीक्षण गर्नेछ।

यदि परीक्षणपछि उनको एक्सन नियम संगत ठहरियो भने मात्र उनले भारतविरुद्ध हुने आगामी खेलमा सहभागिता जनाउन पाउने आईसीसीले स्पष्ट पारेको छ।

यदि परीक्षणमा असफल भएमा उनलाई बलिङ गर्न प्रतिबन्ध लाग्न सक्नेछ।

माघ २८, २०८२ बुधबार १४:१९:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।