सुनकाे मूल्य ताेलामा १ हजार १०० रूपैयाँले बढ्यो

सुनकाे मूल्य ताेलामा  १ हजार १०० रूपैयाँले बढ्यो

काठमाडौं : नेपाली बजारमा आज पनि सुनचाँदी​को मूल्य बढेको छ।  

मंगलबार ताेलामा नौ सय बढेकाे सुनकाे मूल्य बुधबार एक हजार एक सय रूपैयाँले बढेको हाे।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार छ सय रूपैयाँ पुगेको छ। 

मंगलबार सुन प्रतितोला तीन लाख पाँच हजार पाँच सय रूपैयाँमा कारोबार भएकाे थियाे।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५० रूपैयाँले बढेर पाँच  हजार दुई सय ९० रूपैयाँमा पुगेको छ।  अघिल्लो दिन चाँदी प्रतितोला पाँच हजार दुई सय ४० रूपैयाँमा कारोबार भएको थियो।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन पाँच हजार ६० र त्यति नै चाँदी ८२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

माघ २८, २०८२ बुधबार ११:१७:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।