दार्चुलामा वृद्धा मृत फेला, घटना शंकास्पद
दार्चुला : दार्चुलाको शैल्यशिखरमा एक वृद्धा मृत फेला परेकी छिन्। शैल्यशिखर नगरपालिका-८ देवलकी ७१ वर्षीया लक्ष्मी जोशी आज बिहान आफ्नै घरकाे आँगनमा मृत फेला परेकी हुन्।
घरमा एक्लै बस्दै आएकी उनको शव शंकास्पद अवस्थामा भेटिएपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको छ।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरबाट प्रहरी निरीक्षक निरज भाटको नेतृत्वमा टोली घटनास्थलमा पुगेको छ।
मृतक जोशीले लगाएका सुनका गरगहना लुटपाट भएको र घरभित्र रहेको बाकससमेत तोडफोड गरिएको पाइएको मृतकका नातेदार माधव जोशीले बताए।
माघ २७, २०८२ मंगलबार १२:३१:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।